समाज

दाहिने शंख बरामद

काठमाडौं– प्रहरीले धर्म संस्कृतिको र पूजा पाठ प्रयोगमा दुर्लभ मानिने दाहिने शंख फेला पारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौले थानकोट नजिकैबाट सो शंख फेला पारी पुरातत्व विभागमा बुझाएको छ। मंगलबार दिउँसो धादिंगका दुई जना व्यक्तिहरुको साथमा फेला परेको सो शंख धार्मिक अनुष्ठानका लागि महत्वपूर्ण मानिदै आएको छ।

काठमाडौको पशुपतिनाथ र जनकपुरस्थित राम जानकी मन्दिरमा मात्रै दाहिने शंख रहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीले बताए। उनका अनुसार शंख बोकेर हिड्ने दुइ जना व्यक्तिलाई भने हाजिर जमानी छाडिएको छ।

प्रकाशित: १९ भाद्र २०७५ १४:०३ मंगलबार

दाहिने_शंख बरामद