समाज

धनुषामा अज्ञात समूहको गोली प्रहारबाट एक घाइते

धनुषा – धनुषामा सोमबार राति करिब ९ बजेतिर अज्ञात समूहको गोली प्रहारबाट एक जना युवा घाइते भएका छन्। जनकपुरबाट घरतर्फ आउँदै गरेका लक्ष्मीनिया गाउँपालिका–६ का ३५ वर्षीय  सञ्जय शर्मा अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका हुन्।

ज ५ प ७९८८ नम्बरको मोटरसाइकलमा सवार शर्माको पेटमा गोली लागेको छ। घटना लगत्तै उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि रातिनै उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उनीमाथी किन आक्रमण भएको हो भन्ने खुल्न नसकेको बताउँदै प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ।

प्रकाशित: १९ भाद्र २०७५ ०४:५२ मंगलबार

धनुषा गोली_प्रहार