समाज

त्रिशूलीबाट बालुवा झिक्ने क्रममा डुबेर मजदुरको मृत्यु

धादिङ–बालुवा झिक्ने क्रममा एक जना मजदुरको त्रिशुली नदीमा डुबेर मृत्यु भएको छ।

गजुरी गाउँपालिका वडा नम्बर –६, बेल्खुस्थित त्रिशूली नदीबाट सोमबार बालुवा झिक्न लाग्दा सिद्धलेक गाउँपालिका वडा नम्बर –७, निवासी २८ वर्षीय प्रकाश थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए। 

 

प्रकाशित: १८ भाद्र २०७५ ०९:१० सोमबार

त्रिशूली मृत्यु मजदुर