समाज

गाडी नपाएपछि सर्वसाधारण अलपत्र, झ्यालढोकामै झुण्डिएर यात्रा (फोटो फिचर)

काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनका कारण काठमाडौं उपत्यकामा सर्वसाधारणले दुःख पाएका छन्। सम्मेलनको दोस्रो दिन विशिष्ट अतिथि फर्किने क्रममा सवारी आगमनमा भएको अवरोधले सर्वसाधारण बाटोमै अलपत्र परेका हुन्। साथै जोर विजोर प्रणालीले गाडी नपाउँदा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्नुपरेको छ। जोर विजोरका कारण तुलनात्मक रुपमा गाडी कम चलेका थिए।

सम्मेलनमा भाग लिन आएका बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरु विहान ११ बजेदेखि फर्किन सुरु गरेका थिए। साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फर्किदा सवारी आगमन पूर्ण रुपमै ठप्प भयो। जसका कारण कार्यालयबाट घर फर्किएकाहरु सबैभन्दा बढी मारमा परे। घर हिडेका उनीहरु बाटोमै अलपत्र परे। 

यात्रुको बढी चहल पहल हुने सुन्धारामा शुक्रबार साँझ सर्वसाधारण गाडी नपाउँदा पुरै सडक ओगटेर बसेका थिए। गाडीको पर्खाइमा सडकमा उभिएका उनीहरुलाई बेला बेला ट्राफिक प्रहरीले हटाएको थियो। गाडी अपुग हुँदा धेरै जना ढोका तथा झ्यालमा झुण्डिएर जान बाध्य भएका थिए। 

हेर्नुस् तस्बिरहरुः  

बिमस्टेक सर्वसाधारण सवारी_आगमन