समाज

कञ्चनपुरमा फेरि किशोरीमाथि बलात्कार, अभियुक्त फरार, अनुसन्धान जारी

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका– २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाका अपराधि खुल्न नपाउँदै बिहीबार राती जिल्लाको एक मात्र गाउँपालिका बेल्डाँडीमा एक किशोरीको मध्यरातमा सामुहिक बलात्कार भएको छ। 

राती करिब २ बजेतिर बेल्डाँडी गाउँपालिका– १ की १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाका अनुसार किशोरीको घरमा पुजा भइरहेका बेला मौकाछोपी आएका चार युवकले उनको बलात्कार गरेका हुन्। 

स्रोतका अनुसार खाना खाइसकेपछि युवकहरूले किशोरीलाई घरबाट करिब चार किलोमिटर टाढा लगेर सामुहिक बलात्कार गरेको खुलेको छ। ईलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्र बहादुर बमले बालिकाको घरमा पुजा चलिरहेका बेला मोटरसाइकलमा आएका चार युवकले फोन गरेर किशोरीलाई सडकमा बोलाएका थिए। त्यपछि बलात्कार भएको हो। 

फोन सम्पर्कपछि सडकमा गएकी किशोरीलाई अपहरणशैलीमा मोटरसाइकलमा लगेर युवक समुहले जब्दा भन्ने ठाउँमा लगेर सामुहिक बलात्कार गरेको पीडित किशोरीले प्रहरी समक्ष बयान दिएकी छन्। 

‘बलात्कारपछि चारै युवक भागे। किशोरीको ती मध्ये दुई युवकसँग चिनजान थियो।’ बेल्डाँडीका प्रहरी प्रमुख बमले किशोरीले दिएको वयानलाई उदृत गर्दै भने। अहिले चारै जना घटनामा संलग्न भनिएका फरार छन्। उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। फरारमध्ये २० वर्षीय भानु विष्ट र २१ वर्षीय जनक खड्काको पहिचान भएको छ। प्रहरी प्रवक्ता डीएसपी ओझाले घटनामा संलग्नको खोजी भइरहेको जानकारी गराउँदै पीडित किशोरीको पायकको स्वास्थ्यसंस्थामा उपचार भइरहेको र उनको अवस्था कुशल भएको बताए। 

किशोरीका परिवार राती १ बजेपछि उनको खोजीका लागि घरदेखि हिँडेका थिए। घटना स्थल क्षेत्रमै परिवारले किशोरी फेला पारेका थिए। त्यसपछि प्रहरीलाई घटनाबारे खबर गरेका थिए। खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनाबारे बुझ्न कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायत घटना स्थल पुगेका छन्। प्रहरीले घटनाको विस्तृत अध्ययन भइरहेको जनाएको छ। 

प्रकाशित: १५ भाद्र २०७५ ०८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App