समाज

बिमस्टेक सम्मेलनः आज बिजोर सवारी साधन चल्ने

काठमाडौं – राजधानीमा जारी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आज समापन हुँदैछ।

बिमस्टेक सम्मेलनलाई मध्यनजर गर्दै सरकारले भदाै १३ गतेबाट काठमाडाैं उपत्यकामा सवारी साधनमा जाेर-बिजाेर प्रणाली लागू गरेकाे थियाे। अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिम्स्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधन बाहेक सबै सावरीसाधनमा बुधबारबाट जोर–बिजोर प्रणाली लागू भएको हाे।

जोर–बिजोर प्रणाली लागू भएको आज तस्रो दिन बिजोर सवारी साधन संचालन भएका छन्। महानगरीय ट्राफिक प्रहरी प्रभागका अनुसार आज विजोर नम्बर (नम्बर प्लेटको अन्तिम अंक १,३,५,७ वा ९) भएका सवारीसाधन चल्नेछन्।

भादौ १३ गतेबाट जोर बिजोर प्रणाली लागू भएकोमा १३ गते बिजोर र १४ गते जोर नम्बर प्लेट भएका सवारी साधन चलेका थिए। बेलुका १० देखि भने सबै सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुन पाउने छन्।

प्रकाशित: १५ भाद्र २०७५ ०१:०४ शुक्रबार

बिमस्टेक सवारी_साधन जाेर-बिजाेर_प्रणाली