समाज

हाडनाता करणीका दोषी कारागार चलान

खोटाङ – खोटाङमा हाडनाता करणीका दोषी कारागार चलान भएका छन्। हाडनाता करणीमा दोषी ठहर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १८ वर्षीय रामु भन्ने साङ्गे शेर्पा कारागार चलान भएका हुन्। बुधबार घरबाटै पक्राउ गरिएका शेर्पालाई बिहिबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

शेर्पालाई उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले २०७४ साल माघ २५ गते ५ वर्ष कैंद हुने सजाय सुनाएको थियो। जिल्ला अदालत खोटाङले सफाई दिने गरी फैसला गरेकामा उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले उक्त फैसला बदर गर्दै शेर्पालाई कैंद सजाय हुने फैसला सुनाएको हो। 

प्रकाशित: १४ भाद्र २०७५ १४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App