समाज

मोतीप्रसाद हात्तीले हान्दा निकुञ्ज कर्मचारीको मृत्यु

चितवन- चितवन राष्ट्रिय निकुञ्जको सौराहामा रहेको हात्तिसारको हात्तीले हानेर ढकरियाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको कुशाहा ८ का २७ वर्षिय मुखरीलाल सरदार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए। हात्तिसारमा रहेको मोतीप्रसाद नाम गरेको हात्तीलाई लिएर उनी हात्तिसारको दक्षिण तर्फको जंगलमा घाँस काट्न गएका थिए। 

सरदारलाई मोतीप्रसाद हात्तीले बिहान करीब सात बजे  हानेर मारेको हो। हात्तिसारमा बसेर काम सिक्दै गरेका मुखरीलाल भदौ पहिलो साता मात्र ढकरिया पदमा नियुक्त भएर काम सुरु गरेको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्याल बताउँछन्।  

 

प्रकाशित: १४ भाद्र २०७५ ०६:०२ बिहीबार

हात्ती चितवन