समाज

सल्यानमा घर भत्कदा एकै परिवारका ५ जनाको मृत्यु

सल्यान – सल्यानमा घर भत्कदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। सल्यान बागचौर नगरपालिका वडा नम्बर ४ का रामबहादुर बिकको घर गएराती भत्कँदा च्यापिएर ३९ वर्षीय रामबहादुर सहित उनकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

एक तले घरको ‘दलीन’ भाँचिदा घरको तला भत्कीएको हो। राती सुतिरहेको अवस्थामा भत्कीएको तलाले च्यापिएर ४० वर्षीया रामबहादुर, उनकी श्रीमती ३५ वर्षीया रामकली, चार वर्षीया छोरा रुपलाल, ७ वर्षीया छोरी गंगा र ६ वर्षीया छोरी प्रमिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।  घटनामा परेकी ११ वर्षीय छोरी सुनितालाई जीवितै उद्धार गरिएको छ। अहिले सुनिताको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। 

प्रकाशित: १३ भाद्र २०७५ ०३:२३ बुधबार

सल्यान घर_भत्कियाे पाँच_जनाकाे_मृत्यु