समाज

घुस लिने विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण केन्द्र भरतपुर वितरण केन्द्रका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ। 

आयोगले सुवेदीलाई भरतपुर महानगरपालिका–७ मर्स्याङ्दी टोलमा रहेको जीवनज्योति मिनरलवाटर एण्ड वेभरेज इन्डस्ट्रिजबाट पक्राउ गरेको हो। विद्युत् प्रसारण लाइनको खम्बा मर्मत गर्ने सिलसिलामा सुवेदीले सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको छ। 

प्रकाशित: १२ भाद्र २०७५ १२:२७ मंगलबार

घुस कर्मचारी पक्राउ