समाज

विमस्टेककाे समय १३ र १५ गते विजाेर , १४ गते जाेर सवारी चल्ने

काठमाडौ– चौथो वहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (विमस्टेक) सम्मेलनलाई लक्षित गर्दै तीन दिनका लागि काठमाडौमा सञ्चालन हुने सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने भएको छ।

महानगरीय ट्राफिक प्रहरी प्रभागका अनुसार सम्मेलन हुने १३,१४ र १५ गतेका लागि जोर बिजोर प्रणाली लागूहुनेछ। प्रभागले जोर विजोर प्रणाली सबै सार्वजनिक, निजीसवारी साधनमा लागूहुने व्यवस्था गरेको छ।

प्रभागका अनुसार भदौ १३ गते र १५ विजोर दिनमा विजोर नम्बर (नम्बर प्लेटको अन्तिम अंक १,३,५,७ वा ९) भएका सवारीसाधन चल्नेछन्। भदौ १४ गते जोर दिनमा जोर नम्बर ( नम्बर प्लेटको अन्तिमअंक (०,२,४,६ वा ८) भएका सवारी साधन चल्न पाउनेछन्।

बिमिस्टेक सम्मेलन भदौ १४ र १५ गते हुने भए पनि विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिको आगमनलाई सुरक्षित र सहज बनाउन भन्दै १३,१४र १५ गते काठमाडौं उपत्यकाभर सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लगाइएको हो।

चौथो विमस्टेक सम्मेलनमा भाग लिन भारत, बंगलादेश, भुटान, श्रिलंका, म्यानमार र थाइल्याण्डका राष्ट्र प्रमूख/सरकार प्रमुख, विदेश मन्त्री, विदेश सचिवलगायतका अतिथि नेपाल आउँदैछन्।  

 

प्रकाशित: १२ भाद्र २०७५ ०६:४८ मंगलबार

विमस्टेक सवारी