समाज

बल्खु तरकारी बजारमा अनुगमन, अवरोध गर्न खोज्ने एक पक्राउ

फाइल फाेटाे

काठमाडौं – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज बिहानै बल्खु तरकारी तथा फलफूल बजारमा अनुगमन गरेको छ। विभागका निरीक्षण अधिकृत दीपक पोखरेल नेतृत्वको टोलीले बिहानै गरेको अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालन रहेको पाइएको जनाएको छ।

विभागका निरिक्षण अधिकृत पोखरेलले अनुगमनका क्रममा अधिकांश पसल प्यान दर्ता बिनै सञ्चालन गरिएका र किसानसँग खरिद गरिएको  तरकारीको बिलबिजक उल्लेख नगरेको पाइएको बताए।

यस्तै अनुगमनका लागि बल्खु पुगेको टोलीलाई अवरोध गर्न खोज्ने एक जनालाई प्रहरीले पक्रेको छ। अवरोध गर्न खोज्ने ब्यापारी रवि साहलाई कालीमाटी प्रहरीले पक्रेको हो।

प्यान दर्ता बिनै सञ्चालन गरिएका र किसानसँग खरिद गरिएको  तरकारीको बिलबिजक उल्लेख नगरेको पाइएपछि व्यापारी तथा बल्खु तरकारी तथा फलफूल बजार कम्पनीका सञ्चालकलाई  छलफलका लागि बोलाएको पोखरेलले बताए।

प्रकाशित: ११ भाद्र २०७५ ०३:५२ सोमबार

बल्खु_तरकारी_बजार अनुगमन