समाज

बसको ठक्करबाट महिलाको मृत्यु

चितवन – बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी २५÷३० वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

राजविराजबाट काठमाडौं जान आउँदै गरेको ना ५ ख १५६२ को बसले आज बिहान २ः३० बजे भरतपुर महानगरपालिका–१ रामनगरमा महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा बिहान ५ः२० बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

महिलालाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरी नियन्त्रणामा लिइएको छ। मृतकको सनाखत हुन सकेको छैन। रासस

प्रकाशित: ११ भाद्र २०७५ ०२:१२ सोमबार

मृत्यु बसको_ठक्कर