समाज

बलात्कारका अपराधीलाई कडा कारबाही होस: नेकपा

काठमाडौ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुर घटनाका अपराधीलाई कडा कारबाही दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।

सोही घटनाका विषयमा छलफल गर्न शनिबार विहान प्रधानमन्त्री निवास वालुवाटारमा  पार्टी सचिवालयको आकस्मिक बैठक बसेको थियो। बैठकमा देशभर बढीरहेका बलात्कारका घटना, त्यसपछिका घटनाक्रम, शान्तिसुरक्षाजस्ता विषयमा छलफल भएको थियो।

बैठकले कञ्चनपुरको बलात्कार घटनाका सबै संकाशपद व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको जनाइएको छ।  

त्यस्तै अपराधीलाई संरक्षणदिने वा उक्साउनेजस्ता कार्य गर्नेलाई समेत निगरानीमा राख्न र त्यस्तो प्रवृतिलाई निरुत्साहित गर्न सरोकारवाला निकायले सकृयता देखाउन अपिलसमेत गरेको छ।

बैठकमा नेकपाका अध्यक्ष एव प्रधानमन्त्री केपी शर्माओली, अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत राजधानीमा उपलब्ध सचिवालय सदस्य सहभागि रहेको जनाइएको छ।

 

प्रकाशित: ९ भाद्र २०७५ ०६:०७ शनिबार

कञ्चनपुर_घटना अपराधी नेपाल_कम्युनिष्ट_पार्टी