समाज

घाँस काट्न गएका पुरुष मृत फेला

खोटाङ – घाँस काट्न गएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय वीरबहादुर बस्नेत मृत फेला परेका छन्।

शुक्रबार बिहानको खाना खाएर बाख्रालाई घाँस काट्न हिँडेका बस्नेत घर नजिकैको बाघढुङ्गा भन्ने भिरमुनी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए।

शरीरको विभिन्न भागमा गहिरो चोट लागेका कारण उनको भिरमा चिप्लिएर लड्दा मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

बिलाउनेको घाँस काट्नेक्रममा चिप्लिएको जस्तो देखिने ठाउँबाट करिब १०० मिटर तल बस्नेतको शव फेला परेको थियो। शवलाई पोष्टमार्टम गरी परिवारलाई जिम्मा दिइएको छ। 

 

प्रकाशित: ९ भाद्र २०७५ ०५:३२ शनिबार

घाँस मझुवागढी_नगरपालिका वीरबहादुर_बस्नेत