समाज

विद्युत आपूर्ती सुचारू

डोल्पा – डोल्पाको छलगाड जलविद्युत केन्द्रले शुक्रबारदेखि विद्युत आपूर्ति सुचारू गरेको छ। अबिरल वर्षाका कारण छलगाड नदीमा आएको बाढीले गएको साउन ४ गते विद्युतको मुहान भत्काएपछि विद्युत आपूर्ति बन्द भएको थियो।

त्रिपुरासुन्दरी नगरपालिका–१ लोकाँमा रहेको छलगाड लघुजलविद्युत केन्द्रको करिब ४० मिटर लामो मुहान बाढीले भत्काएको थियो। स्थानीयबासी र जाजरकोट–डोल्पा सडक निमार्ण कार्यदलका नेपाली सेनाका जवानको सक्रियतामा मुहानमा नयाँ बाँध निमार्ण तथा मर्मत गरिएपछि विद्युत आपूर्ति सुचारू भएको हो। 

विद्युत आपूर्ति बन्द हुँदा सरकारी तथा अन्य कार्यालयको कामकाज समेत नराम्ररी प्रभावित बनेको थियो। बन्द विद्युत आपूर्ति सुुचारु गर्न स्थानीय युवा र नेपाली सेनाका जवानले रातो चट्टानीभीर खोपेर मुहान बनाएपछि एक महिना पछि बन्द विद्युत सुचारू भएको छलगाड लघुजलविद्युत केन्द्रका मेनेजर मोतिप्रसाद हमालले बताए।

 

प्रकाशित: ८ भाद्र २०७५ ०५:३६ शुक्रबार

डोल्पा छलगाड_जलविद्युत_केन्द्र विद्युत