समाज

खोलाले बगाउँदा किशोरीको ज्यान गयाे

बैतडी - बैतडीकाे पुर्चौडी नगरपालिका ७, ऐराडीका सुरेन्द्र बिष्टकी १३ वर्षीया छोरी रिनाको खोला तर्ने क्रममा बगेर मृत्यु भएको छ। रिनाको कोटिलीगाड खोलाले बगाएर मृत्यु भएको स्थानीय शिक्षक महेश बिष्टले बताए। विद्यालयबाट घर फर्कने क्रममा बिहीबार करिब ४ बजे उनको खोलाले बगाउँदा  मृत्यु भएको हो। गलिनाथ मावि, बडगाउँमा कक्षा ९ मा अध्ययनरत रिनाको करिब पाँच सय मिटर तल शव फेला परेको थियाे।

 

प्रकाशित: ७ भाद्र २०७५ १३:५४ बिहीबार

खाेला बगायाे मृत्यु