समाज

कार्यकर्ता हत्याको छानविन गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले ओखलढुंगाका आफ्ना कार्यकर्ता सन्तोष कार्कीको सुनियोजित हत्या भएको भन्दै छानविन गर्न माग गरेको छ।
ओखलढुंगा मोलुङ गाउँपालिका–३ हर्कपुरका गौतमको गत मंगलबार घारिलो हतियार प्रहार गरी हत्या भएको कांग्रेस केन्द्र्रिय कार्यालयले जनाएको छ। कार्यालयले विज्ञप्ती जारी गर्दै नेविसंघका सकृय कार्यकर्ता गौतम हत्या घटनाको स्वतन्त्र र निस्पक्ष छानविन गरी हत्यामा संलग्न अपराधीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेको छ।

 

प्रकाशित: ७ भाद्र २०७५ १०:०६ बिहीबार

कांग्रेस हत्या