समाज

बकर–इद मनाइयो

इद—उल—जुहा (बकर–इद) को अवसरमा बाँकेका मुस्लिम धर्मावलम्बीले बुधबार नेपालगन्जस्थित इदगाहमा सामूहिक नमाज पाठ गर्दै। तस्बिर: निरज गौतम, रासस

काठमाडौं- इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद उत्साहका साथ मनाएका छन्। तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ। यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ। इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ।

यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन्। इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ। बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ।

 

इद पर्व