समाज

पुजा खत्री, जसले पढ्ने खर्च नभएपछि निष्काशन गरिदिन विद्यालयलाई पत्र लेखिन्

म्याग्दी

नामः पुजा खत्री

कक्षा– ६

रोल नं: १६

विद्यालय जामुनाखर्क मावि, बेनपा– ६

दैनिकजसो बुबाले जाँडरक्सीले मातेर घरमा आएर आमालाई कुटपिट गर्ने,ज्यालामजदुरी गरेकै ठाउँमा पुगेर झगडा,हातपात गर्न थालेपछि आमाले दोस्रो विवाह गरिन्। बृद्ध हजुरबुबाले मागेर ज्यान पाल्ने गरेकी पुजा खत्री नियमित विद्यालय जाँदैनथिन्। रक्सीको खोजीमा भौतारिने बुबा,आमाको न्यानो मायाँको अभावको अभावले तड्पिएकी बेनी नगरपालिका–६ फोओठेकी  खत्रीको दैनिकी निकै कष्टकर वितिरहेको छ। हजुरबुबा मान बहादुरले गाउँघर,सहर बजारमा नमागे विहान बेलुकी चुल्हो बोल्दैन्। पेटभरी खाएको कुनै पनि दिन छैन्। पुजासंगै तीन बहिनी र एक भाईको दैनिकको समान्य शब्दमा ब्याख्या गर्न सकिने अवस्था छैन।  दुईछाक पेटभरी खान नपाउने, विद्यालय जाने कपीकलम, पोशाकको अभावले छटपटिएकी कक्षा ६ मा अध्ययरत पुजाले आफुँ विद्यालयमा आउन सम्भव नभएको भन्दै जामुनाखर्क माविका प्रधानध्यापक सोमनाथ ढुंगानालाई चिठी पठाईन्।

विद्यालयले नियमित विद्यालयमा आउन पटक–पटक अनुरोध गरेपछि घरायसी समस्याले विद्यालयमा आउन नपाएको जानकारी सहित पुजाले अनुपस्थितीलाई आधार बनाएर विद्यालयबाटै हटाइदिन अनुरोध गरेकी हु्न्। ‘नियमित विद्यालयमा आउन ताकेता परेपछि आफ्ना साथीहरुलाई पत्र पठाइन्,‘कपीकलम समेत किन्ने पैसा छैन्, लगाउने लुगा पनि छैन्, सधै भोकै विद्यालयमा आउन सकिन्न’ विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानालाई लेखिएको पत्रमा भनिएको छ। प्रथम त्रैमासिक परीक्षामा समेत अनुस्थित हुने अवस्था आएपछि गाउँकै विद्यार्थीलाई परीक्षा दिन विद्यालयमा जान विद्यालयले दैनिकजसो घरमा पठाउने गरेपनि खत्रीसंग पोशाक, स्टेशनरी, पुस्तक नभएपछि पत्र मार्फत जवाफ पठाएको प्रअ ढुंगानाले बताए। ‘बाध्य भएर चिठी लेखिन्,धेरै अनुरोध पछि परीक्षामा सहभागि भएकी छन्’ उनले भने। विद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको संख्या धेरै भएपनि पहिलोपटक विद्यार्थीले भाबुक पत्र पठाएपछि शिक्षक समेत भाबुक बनेका थिए।‘यस्तो पत्र पहिलोपटक पाए,‘पुजाको घरमा चारजना भएकाले पनि दैनिक खर्च जुटाउन हम्मेहम्मे छ’ ढुंगानाले भने। उनका अनुसार विद्यालयबाट सहयोगको प्रतिबद्धता जनाएपनि घरमै वातावरण नभएकाले समस्या भएको बताए।

विद्यालयमा पठाएको पुस्तकले शिक्षक समेत भावुक भएका थिए। यता विद्यालयले सहयोगका लागि वडा अध्यक्ष कृष्ण बहादुर बानियाँलाई पत्र हस्तान्तरण गरेको थियो। ‘परिवारको अवस्था दयनीय छ,‘मैले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएको छु’ बानियाँले भने। उनका अनुसार वडाभित्र रहेका सामुदायीक विद्यालयमा कुनैपनि अतिरिक्त शुल्क नलाग्ने भएकले पनि पढाईमा कुनै समस्या नभएको बताए। उनले रक्सी सेवन गरेर बुबाले कुटपिट गर्ने गरेको जानकारी पाएलगत्तै कारवाहीको चेतावनी समेत दिइएको बताए। उनले विपन्न परिवारका सदस्यलाई आवश्यकता अनुसार सहयोगका लागि वडा कार्यालयले समेत निशुल्क सेवा दिने गरेको बताए। उनले आमाबुबा बीचको झगडा र मनमुटावले बालबालिकाको विचल्ली भएको बताए। वडा अध्यक्ष बानियाँले आवश्यक सहयोगका लागि पहल भइरहेको बताए। घरायसी अवस्थाका कारण बालबालिकाको शिक्षादिक्षामा गम्भीर असर गरेको बताउँदै परिवारमा साहरा  नभएका बालबालिकालाई आवासीय सुविधा सहितको पठनपाठनको ब्यवस्था मिलाउनुपर्ने बताए। आफ्नै हातले लेखेर पठाएको पत्रले अहिले समाजिक सञ्जालमा भाइरल भएको छ।

प्रकाशित: ६ भाद्र २०७५ ११:४० बुधबार

पुजा_खत्री विद्यालय खर्च_अभाव