समाज

गोरखापत्रका पूर्व प्रधानसम्पादक न्यौपानेको निधन

काठमाडौं – गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन भएको छ।  पूर्व प्रधानसम्पादक न्यौपानेको बुधबार बिहान चार बजे काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित निवासमा निधन भएको उनका भतिजा सन्तोष न्यौपानेले जानकारी दिए। ८४ वर्षीय न्यौपाने पछिल्लो समय उच्च रक्तचापबाट ग्रसित थिए। 

न्यौपानेले गोरखापत्र संस्थानमा करिब तीन दशक विभिन्न पदमा रहेर काम गरेका थिए। पछिल्लो समय उनी साप्ताहिक जनसत्ताका प्रधानसम्पादक थिए। न्यौपानेका दुई श्रीमती, तीन छोरी र दुई छोरा छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनको पारिवारिक स्रोतले जनाएको छ।    (रासस)

प्रकाशित: ६ भाद्र २०७५ ०४:५१ बुधबार

गोरखापत्र पूर्व_प्रधानसम्पादक रामचन्द्र_न्यौपाने निधन