समाज

दुई बालिकाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका दुई जना बालिकाको माछा मार्ने क्रममा आज दोदा नदीमा डुबेर मृत्यु भएको छ। 

मृत्यु हुनेमा १४ वर्षीया अञ्जली चौधरी र १० वर्षीया माला राना रहेका छन्। साथीसँगै माछा मार्न गएका दुवै बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। मृतक दुवै बालिकाको शव आफन्त जिम्मा लगाइएको छ। 

प्रकाशित: ५ भाद्र २०७५ १५:५० मंगलबार

कञ्चनपुर बालिका दाेदा_नदी मृत्यु