समाज

कर्तव्य ज्यान मुद्दाका अभियुक्त १९ बर्षपछि पक्राउ

पाँचथर– कर्तव्य ज्यान मुद्दामा अदालतले सजाय पाएर फरार रहेका एक व्यक्ति १९ बर्षपछि पक्राउ परेका छन्। याङवरक गाँउपालिका ५ का ५२ बर्षीय भगिश्वर तावालाई प्रहरी पक्राउ गरेको हो। 

१ बर्ष ८ महिना २० दिन कैद सजायँ पाएका तावालाई प्रहरीले झापाको अर्जुनधारा ११ बाट पक्राउ गरी जिल्ला अदालतमा हाजिर गराई जेल चलान गरेको छ।

प्रकाशित: ५ भाद्र २०७५ १५:०५ मंगलबार

कर्तव्य_ज्यान_मुद्दा अभियुक्त पक्राउ