समाज

रेडियो नेपालको जग्गा भाडामा नलगाउ: सांसद उदया पौडेल

काठमाडौं – रेडियो नेपालको ललितपुर खुमलटारस्थित रहेको जग्गालाई सस्तो भाडामा लगाइएको विषयप्रति संसदमा पनि चासो व्यक्त गरिएको छ। उपत्यकामा खुला ठाउँको अभाव भइरहेका बेला रेडियो नेपालको जग्गामा संरचना निर्माण नगरी खुलै राख्न स्थानीयले माग गरेका सन्दर्भमा संसदमा कुरा उठेको हो।

आज मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद उदया शर्मा पौडेलले सो जग्गालाई एक निजी बसोवास निर्माण कम्पनीलाई ३० वर्षका लागि भाडामा उपलब्ध गराइएकाले रेडियो नेपाललाई नै फिर्ता गरउन सरकारको ध्यानाकर्षण गराएकी छिन्। 

रेडियो नेपालको जग्गा केहि निजी कम्पनीलाई भाडामा दिइएको छ भने सशस्त्र प्रहरी बलले पनि ४७ रोपनी जग्गा उपभोग गरिरहेको छ। विपत्तीका बेला स्थान अभाव हुने भएकाले सरकारी कम्पनीको जग्गा खुलै राख्न माग हुँदै आएको छ।

प्रकाशित: ५ भाद्र २०७५ ०८:०५ मंगलबार

राष्ट्रिय_सभा रेडियो_नेपाल जग्गा_भाडा