समाज

जडिबुटी सहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं-  अवैध बनपैदावर सहित चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। ठमेलस्थित अन होटल संचालन गरी बस्ने ४५ वर्षीय चेन छ्याङलाई विभिन्न निषेधित जडिबुटीहरुको कारोबार गर्दै आएको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

होटलको कोठा तलासी गर्दा यर्सागुम्बा जस्तो देखिने बस्तु ९० ग्राम, सिहर्स जस्तो देखिने बस्तु ३ सय ग्राम, सुनाखरी जस्तो देखिने बस्तु ३ सय ३० ग्राम, विभिन्न वनपैदावार जडिबुटीका बोक्रा लगायतका बस्तु १ सय ५० ग्राम, विभिन्न जडिबुटीको फल जस्तो देखिने बस्तु ६ केजी ५ सय ग्राम बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ भाद्र २०७५ ०७:५० मंगलबार

जडिबुटी चिनियाँ पक्राउ