समाज

डोल्पामा पहिरोले दुई घर पुरिए

डोल्पा – अविरल वर्षासँगै पहिरो खस्दा सोमबार डोल्पामा दुई घर पुरिएको छ भने एक घर भत्किएको छ।

तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीयवासी राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएको हो। हरिबहादुर बुढामगरको घर भत्केको छ।

मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन्। बस्ती सुरक्षित ठाउँमा सार्न स्थानीवासीले माग गरेका छन्। रासस

प्रकाशित: ५ भाद्र २०७५ ०४:३२ मंगलबार

डोल्पा पहिरो