समाज

बसमै यात्रुको मृत्यु

सुर्खेत– काठमाडौंबाट जाजरकोट जाँदै गरेको बसमा यात्रारत एक यात्रुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार विहान ११ बजेतिर जाजरकोट जाँदै गरेको ना४ख ८१२० नम्वरको बसमा सवार आठविसकोट नगरपालिका–३ रुकुमका ४० वर्षीय नरेन्द्र बोहोराको मृत्यु भएको हो। 

गुर्भाकोट नगरपालिका–९ चिसापानीस्थित हाईवे होटलमा पिसाव फेरेर बसमा बसेपछि बोहोराको मृत्यु भएको थियो। प्रहरीका अनुसार बोहोरा काठमाडौंबाट उपचार गराएर फर्किर्दै थिए।

प्रकाशित: ४ भाद्र २०७५ १५:५५ सोमबार

बस यात्रु चिसापानी