समाज

भारतीय सेनाका कर्णेल गोली सहित पक्राउ

काठमाडौं- भारतीय सेना (आसम राइफल) का कर्णेल त्रिभुवन विमानस्थलबाट गोली सहित पक्राउ परेका छन्।

आइतबार मध्यान्ह १ बजेर ४५ मिनेटको बुद्ध एयरको उडानबाट पोखरा जान लागेका बलबहादुर पुन विमानस्थलबाट पक्राउ परेका हुन्।

डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको एक्सरे मेसिनमा चेक गर्ने क्रममा पुनको झोलामा २२ मिमिको २० राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ भाद्र २०७५ १३:२३ आइतबार

पक्राउ भारतीय_सेना