समाज

हेलिकप्टरबाट उद्धार

सभापोखरी ।    तस्बिरः नागरिक

संखुवासभा – संखुवासभाको प्रसिद्ध धार्मिक तीर्थस्थल सभापोखरी पुगेका बिरामी तीर्थयात्रीहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ।

जिल्लाको मादी नगरपालिका ५ का लोकनाथ कोइराला, छत्रकुमारी कोइराला र विमला दाहाल बिहीबार साँझ सभापोखरी पुगेका  थिए। उनीहरू शुक्रबार बिहान सभापोखरीमा पूजाआराधना गर्ने योजनामा रहेपनी  गम्भीर बिरामी परेपछि काठमाडौंबाट हेलिकप्टर मगाइएको थियो।

उनीहरूलाई शुक्रबार उद्धार गरेर धर्मदेवी नगरपालिकाको मुडेमा ल्याइएको थियो। उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको धर्मदेबी नगरपालिकाका प्रमुख रमेशकुमार जिमीले  बताए।

४ हजार २ सय ४० मिटरको उचाईमा पोखरी रहेकाले त्यहाँ जाने तिर्थालुलाई समस्या हुने गरेको छ। यहाँ नागपञ्चमी देखि जनैपुर्णिमासम्म भक्तजनहरूको भिड लाग्ने गर्छ।

प्रकाशित: २ भाद्र २०७५ ०६:०२ शनिबार

सभापोखरी हेलिकप्टर