समाज

स्थानीयको अवरोधका कारण बौद्ध–जोरपाटी सडक विस्तारमा कठिनाई : आयोजना

फाइल तस्विर

काठमाडाैं - काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले स्थानीयको अवरोधका कारण चावहिल–जोरपाटी–साँखु सडक विस्तार तथा सुधार अन्तर्गत बौद्ध–जोरपाटी सडकखण्ड समयमै पुरा हुन नसकेको बताएको छ। समय समयमा जारी भएका स्टे अर्डर, रेखाङ्कन विवाद, मुआब्जा तथा क्षतिपूर्ति विवाद, युटिलिटी व्यवस्थापनमा ढिलाई आदी कारण समयमै सडक निर्माण सम्पन्न नभएको आयोजनाले सडक विभाग योजना तथा डिजाइन महाशाखा चाकुपाट ललितपुरलाई पठाएको पत्रमा उल्लेख छ।

सडक सिमा स्पष्ट रुपमा कायम भै नसकेको अवस्थामा सडक विस्तार अन्तर्गत ड्रेनेज  व्यवस्थापनका लागि पाईप विस्तारमा समेत अवरोध उत्पन्न भएको पत्रमा उल्लेख छ। हाललाई यथास्थितीमानै सडक निमार्ण गरी आवागमनलाई सहज बनाउन प्राप्त निर्देशन अनुसार सम्बन्धित निर्माण कम्पनीलाई आदेश दिसकिएको र हाल उक्त क्षेत्रमा दु्रत गतिमा ड्रेनेजका लागि पाईप विस्तार भइरहेको उल्लेख छ। श्रावण महिनामा मात्रै ७०० मिटर बढी पाईप विस्तार गरिसकिएको र केहि दिन भित्रै विस्तारको कार्य सम्पन्न हुने र त्यस पश्चात सव वेस, वेसकोर्सवाट सडकमा देखा परेका सबै खाल्डाखुल्डिहरको मर्मत गरिसकिने आयोजनाको पत्रमा उल्लेख छ। 

 

काठमाडौं चावहिल_जोरपाटी_साँखु सडक_विस्तार