समाज

नयाँ संहिता कार्यान्वयनको प्रारम्भ

नयाँ संहिता कार्यान्वयन प्रारम्भ कार्यक्रममा सहभागिहरू ।    तस्बिर : दमन/नागरिक

खोटाङ – जिल्ला अदालत खोटाङले परिमार्जित मुलुकी ऐन कार्यान्वयनको प्रारम्भ गरेको छ। जिल्ला अदालतले शुक्रबार औपचारिक कार्यक्रम गर्दै नयाँ कानून कार्यान्वयनको सुरुवात गरेको हो।

जिल्ला अदालतमा भएको कार्यक्रममा जिल्ला न्यायाधिश किशोर घिमिरेले जिल्लामा मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, फौजदारी कसुर ऐन प्रारम्भ भएको घोषणा गरेका छन्।

जिल्ला न्यायाधिस घिमिरेले मुलुकी ऐन र परिमार्जित नयाँ कानूनका भिन्नताका बारेमा सहभागिलाई जानकारी गराए। उनले आवश्यकता अनुसार कानून परिमार्जन हुँदै जाने भएकाले कानून कार्यान्वयनका लागि आग्रह गरे।

‘कानून समय अनुसार परिवर्तन हुँदै जाने कुरा हो,’ जिल्ला न्यायधिश घिमिरेले भने, ‘हाललाई बनेको कानूनको पालना सबैको दायित्व हो।’ 

प्रकाशित: १ भाद्र २०७५ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App