समाज

थरीथरीका कर : 'भैंसीको एक हजार, खसीको एक सय पचास'

डोल्पा - डोल्पाका स्थानीय तहले जनताको आयस्रोतनै नहेरेर विभिन्न शिर्षकमा चर्को कर लगाएका छन् । डोल्पाका आठवटै स्थानीय तहले विभिन्न शिर्षकमा चर्को कर लगाएका हुन्। डोल्पामा पर्ने त्रिपुरा सुन्दरी नगरपालिकाले बिभिन्न शिर्षकमा ४५ प्रकारका कर लगाएको छ।

उक्त नगरपालिकाले पशु बिक्रिगर्दा समेत कर लगाएको छ। किसानले भैंसी बेचे बापत एक हजार र खसी बेचे बापत एक सय पचास रुपैयाँ कर नगरपालिकालाई तिर्नुपर्ने भएको छ। गाँउगाँउमा स्थानीय सरकार घरआँगननमा सिँहदरवार भनेर विकास र जनताको रोजगारीको ग्यारेन्टी भनिएको संघियतामा विभिन्न वहानामा चर्को कर लगाएर गरिबलाई झनै गरिब बनाउने निति आएको भन्दै डोल्पाली जनताले आफुहरु करको मारमा परेको बताएका छन्।

मासु व्यवसायिले मासु बेचेबापत एक हजार रुपैँया तिर्नुपर्ने छ। यस्तै नगरपालिका क्षेत्रमा फिल्म छायाङ्कन गरेमा प्रति फिल्म एक हजार तीर्नुपर्ने छ। करको बिषयमा सुचना माग्दा ठुलीभेरी नगरपालिकाका निमित्त कार्यकारी केशव सुनारले भने कर सम्बन्धी कुनैपनि सुचना दिन मानेनन्। स्थानीय सरकारले पहिलेको तुलनामा करमा दोब्बर रुपैयाँ बृद्धि गरेकोमा जनता आक्रोसित भएका छन्। 

 

प्रकाशित: ३० श्रावण २०७५ १३:११ बुधबार

डोल्पा स्थानीय_तह कर