समाज

पहिरोले पुरिएर प्यूठानमा १ जना बेपत्ता

प्यूठान – अविरल वर्षातसँगै आएको पहिरोमा पुरिएर प्यूठानकाे गाैमुखी गाउँपालीका ४ डाँडागाउँका झलकबहादुर सुनार बेपत्ता भएका छन्। 

बिहान करिब ७ वजेतिर घरमाथिबाट एक्कासी पहिरो आउदा घरभित्रै बसिरहेका सुनार बेपत्ता भएका हुन्। घर माथिबाट खसेको पहिरोमा पुरिएर ३२ वर्षीय सुनार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। पहिरोमा परी स्थानीय देबबहादुर सुनार र रमेश सुनारको घरगोठ समेत बगाएको छ।

ईलाका प्रहरी कार्यालय ठुलावेसी लिवासेबाट प्रहरी घट्नास्थलतर्फ पुगेको छ। साथै बेपत्ता भएका सुनारको खाजिकार्य जारी छ।

 

प्रकाशित: ३० श्रावण २०७५ ०५:४१ बुधबार

#पहिरो #झलकबहादुर सुनार #बेपत्ता