समाज

कपिलवस्तुमा ट्रकमा पेट्रोल बम प्रहार

फाइल फाेटाे

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसबासामा आज बिहान ९ः१५ बजे अज्ञात समूहले एक ट्रकमा पेट्रोल बम प्रहार गरेको छ।

ना५ख ४९२२ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरिएको प्रहरीले जनाएको छ। बम प्रहारबाट ट्रकमा सामान्य क्षति पुगेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। बम प्रहार गर्नेको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले जानकारि दिए।

प्रकाशित: २९ श्रावण २०७५ ०५:१९ मंगलबार

#कपिलवस्तु #पेट्रोल बम