समाज

रौतहटको चन्द्रनिगाहपुर बजारमा फेला परेकाे बम सेनाद्वारा डिस्पाेज

रौतहट – पूर्वपश्चि राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर बजारमा अज्ञात समूहले बम राखेको छ। राजमार्गसँगै रहेको चन्द्रपुर नगरपालिका–५ मुनलाइट फाउन्डेसनको पश्चिमपट्टी टिफिनको बट्टामा टेपले बेरी घडी र ब्याट्री समेत जोडिएको अवस्थामा बम फेला परेको हो।

स्थानीयले आज विहान संकासपद बस्तु देखेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई खबर गरेका थिए। स्थानियको खबर पछि पुगेको प्रहरी टोलीले  नेपाली सेनाको इन्द्र बक्स गणलाई खबर गरेको थियो। इन्द्र बक्स गणबाट खटेको सहसेनानी बाबुराम पौडेल नेतृत्वको बम डिस्पोजल टोलीले भरखरै बम डिस्पोज गरेको छ।

बम राजमार्ग छेउमै रहेकाले एक घण्टा राजमार्ग अवरुद्ध बन्न पुगेको थियो। आज नेत्रविक्रम चन्द्र ‘बिप्लब’ नेतृत्वको नेकपाकाे बन्दको हल्ला रहेकाले नेकपाले बम राखेको हुन सक्ने प्रहरीको आशंका छ।

घटनाको अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय चन्द्र निगाहपुरका डिएसपी शान्तिराज कोइरालाले बताए।

प्रकाशित: २९ श्रावण २०७५ ०२:१९ मंगलबार

#रौतहट # बम #नेपाली सेना