समाज

जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ

लहान– जबरजस्ती करणी गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले ६ महिनापछि  पक्राउ गरेको छ। सिरहा नगरपालिका –३ का धर्मेन्द्र भन्ने सुरेश कुमार ठाकुर सोमबार परेका हुन्।

२५ माघ २०७४ मा सिरहा नगरपालिका ३ की एक युवतीलाई जबरजस्ती करणी गरी वारदात स्थलबाट फरार रहेका ठाकुरलाई खोजतलासको क्रममा शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता(डिएसपी) माधवराज खरेलले जानकारी दिए।

ठाकुरलाई अवश्यक कारबाहीका लागि सोमबारै जिल्ला अदालत सिरहामा बुझाइएको खरेलले बताए। 

प्रकाशित: २८ श्रावण २०७५ १५:४३ सोमबार

#जबरजस्ती करणी #पक्राउ #सिरहा