समाज

रौतहटकाे वागमती नदीमा पानीकाे सतह बढेपछि सतर्कता अपनाउन अाग्रह

रौतहट - चुरे क्षेत्रमा भएको भारी बर्षाको कारण वागमती नदीमा सोमबार पानीको सतह बढेको छ । पानीको सतह बढ्दै गएपछि नदी आसपासका दर्जनौ वस्तीहरु जोखिममा परेका छन्। पानी पर्ने क्रम लगातार जारी रहेका कारण बाढी आउन सक्ने आसंकाले स्थानीहरुकमा त्रास सिर्जना गरेको छ। 

वागमती नदीमा सोमबार दिउँसो एक्कासी आएको ठुलो बाढीले राजदेवी नगरपालिकाको ब्रहम्पुरी र कटरवन स्थित खेतीयोग्य जमिन कटान गरेको छ । नदीमा आएको बाढीले सदरमुकाम गौर सहित नदी आसपासका मुडवलवा, ब्रहम्पुरी, लक्ष्मिपुर वेलविछवा, बसतपुर, सेढवा, माठ लगायतका दर्जन बस्तीमा बाढी पस्ने जोखिम बढेको छ।

पानीको सतह नदीमा बढ्दै गएपछि स्थानीय प्रशासनले समेत सतर्कता अपनाउन आम सर्वसाधारणमा आग्रह गरेको छ। 

वागमती नदीमा आएको ठूलो बाढीका कारण दुवै तर्फ बनाइएको बाँध सम्म बाढीको पानी आइसकेकोले सम्भावित स्थानहरुमा प्राविधिक खटाएर प्लास्टिकको जाली, बोरा र वाँसको समेत व्यवस्था गरेर वडहर्वा, ब्रहम्पुरी, मत्सरी, गढो लगायतका स्थानहरुमा नदि नियन्त्रणको कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए। 
 

रौतहट वागमती नदी बाढी