समाज

यातायात व्यवस्था कार्यालय बुटवलका मेकानिकल इञ्जिनियर घुस सहित पक्राउ

रुपन्देही - यातायाता व्यवस्था कार्यालय लुम्बिनीका मेकानिकल इञ्जियिनर घुस लिदै गर्दा पक्राउ परेका छन। सोमबार दिउँसो मेकानिकल इञ्जिनियर सरोज कुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वुटवल कार्यालयले नियन्त्रणमा लिएको हो। 

सेवाग्राहीसँग २० हजार घुस लिदै गरको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए। नयाँ सवारीसाधन दर्ताका लागि सेवाग्राहीबाट घुस लिन लागेको सूचनाका आधारमा शाहलार्इ पक्राउ गरिएको अाचार्यले बताए। पक्राउ गरिएका शाहबारे अनुसन्धान भइरहेको उनले बताए। यातायातमा नयाँ सवारी दर्ता गर्दा घूस नदिदासम्म काम नहुने व्यापक गुनासो आउने गरेको छ।  

 

प्रकाशित: २८ श्रावण २०७५ ०९:४६ सोमबार

रुपन्देही यातायाता व्यवस्था कार्यालय घुस