समाज

कमलानदीको सतह बढ्यो, सतर्क रहन आग्रह

सिन्धुली –कमला नदीमा यस बर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। निरन्तरको वर्षाले कमला नदीमा वर्षकै सबैभन्दा ठूलो बाढी आएको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताए। उनले नदी छेउछाउका स्थानीलाई सतर्क र सुरक्षित रहन आग्रह समेत गरेकाछन्।

वर्षेनी कमलानदीको बाढीले वितण्डा मच्चाउने गरेको छ। यस बर्ष पनि लगातारको वर्षा पछि नदीको सहतह बढेको हो। बाढी आएपछि जिल्लाको साविक हत्पते गाविसमा रहेको मधुगङगा महादेवको दर्शन गर्न जाने दर्शनार्थीलाई समेत नदी पार गर्न कठिनाई भएको छ। कमलानदीमा निर्माणधिन पुल ८ बर्षदेखि बन्न नसकेपछि बर्षेनी तिर्थालुलाई समस्या आउने गरेको हो। कमलानदीमा ठूलो बाढी आएको छ, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वरप्रसाद यादवले भने–‘सतर्क रहन आग्रह गरेका छौ। उनले अन्य क्षेत्रमा भने बर्षाले हालसम्म कुनै नोक्सानी नगरेको जनाए।

प्रकाशित: २८ श्रावण २०७५ ०७:१४ सोमबार

कमला नदी बाढी