समाज

विराटनगरमा बम विस्फाेट प्रकरण: शकास्पद ९ जना पक्राउ

विराटनगर- विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर अाइतबार गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए। 

बम विष्फोटनमा निजहरुको संलग्नताका सम्बन्धमा आवश्यक अनुसन्धान एवं सोधपुछ भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको उनले बताए। बम विष्फोटनबाट कुनै मानवीय क्षति भएको छैन्। रासस

प्रकाशित: २७ श्रावण २०७५ १६:१२ आइतबार

#विराटनगर #बम विस्फाेट #पक्राउ