समाज

मोटरसाइकलको ठक्करबाट बालिकाको ज्यान गयाे

रौतहट - रौतहटमा विहिवार मोटरसाइकलको ठक्करबाट एक वालिकाको ज्यान गएको छ। गौर–चन्द्रपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गतको हरषाहा चाेकमा विहान ९ वजे मोटरसाइकलले पैदल हिडिरहेकी वृन्दावन नगरपालिका ६ का दिलिप साहकी ७ बर्षीया छोरी गिताकुमारीलार्इ ठक्कर दिँदा उनकाे ज्यान गएको हो। ना १० प ५६९४ नम्बरको मोटरसाइकलको ठक्करले गम्भीर घाईते भएकी साहको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक चतुर्भज ओझाले जानकारी दिए।

ठक्कर दिने मोटरसाइकल र त्यसका चालक गौर नगरपालिका २ का २३ बर्षीय अमितकुमार झा लाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: २४ श्रावण २०७५ १३:०६ बिहीबार

ज्यान गयाे रौतहट ठक्कर