समाज

लागुऔषधसहित एक पक्राउ

काठमाडौं – महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। प्रभागबाट खटिएको टोलीले बिहीबार बिहान नागढुङ्गामा जाँचका क्रममा काठमाडौंका ३७ वर्षीय राजीव गुरुङलाई पक्राउ गरेको हो। 

प्रभागका प्रहरी निरीक्षक केशवराज भट्टले दाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७९१० नम्बरको बसमा गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको जानकारी दिए। गुरुङको साथबाट प्रहरीले १०० एम्पुल डाइजेपाम, १०१ एम्पुल नुर्फिन र १०० एम्पुल फेनार्गन बरामद गरेको छ। 

 

प्रकाशित: २४ श्रावण २०७५ १०:५९ बिहीबार

#महानगरीय प्रहरी #लागुऔषध #राजीव गुरुङ