समाज

पशु करणीका अाराेपी पक्राउ

टीकापुर - बलात्कारका घटना बढिरहेका बेला कैलालीको लम्कीमा एक व्यक्ति भने गौ करणीको आरोपमा पक्राउ परेका छन। जानकी गाउँपालिका खरगुहारका विकास चौधरी गौ करणीको आरोपमा पक्राउ परेका हुन।

लम्कीचुहा नगरपालिका २ मोतिपुरका पदम बुढाले चौधरीलाई राति सवा दुई बजे आफ्नो गोठमा अर्धनग्न अवस्थामा भेटेको बताए। उनले राति नै चौधरीलाई प्रहरीको जिम्मा लगाएका थिए। विगत केही दिनदेखी लगातार गाई हराउन थालेपछि बुढाले चियो गरेका थिए। उनले चौधरीलाई रातिको समयमा आफ्नो गोठ भित्र पसे लगत्तै पक्राउ गरेका थिए। ‘म कुरेर बसेको थिए’ उनले भने ‘त्यहि बेलामा उ मेरो गोठमा आयो। उसले पाइन्ट खोलेको थियो।’

गाई मालिक बुढाले विगत छ महिनादेखी गाईमाथि बलात्कार हुँदै आएको आरोप लगाएका छन। उनले गाई गोठबाट हराएर बिहानपख भेटिनु, अर्कै ठाउँमा बाँधेको भेटिनु र खुकुलो गरी बाँधेको गाईको ठाडो पारेर कसिलो गरी बाँधेको भेटिनुले बलात्कार हुँदै आएको दावी गरे। 

प्रहरीले भने गाई बलात्कार गरेको प्रमाण नभेटेका कारण उनी माथि सार्वजनिक मुद्दा दायर गरेको जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरिक्षक सुरेन्द्रप्रसाद जोशीले चौधरीलाई सार्वजनिक मुद्दा अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनगढी चलान गरेको बताए।

प्रकाशित: २४ श्रावण २०७५ १०:२८ बिहीबार

पशु करणी पक्राउ