विराटनगर- सुनसरी रामधुनी नगरपालिका–३ स्थित झरना खोलाले बगाएर मंगलबार एक बालिकाको मृत्यु भएको छ भने मृतककी भार्इ बेपत्ता भएका छन्।
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार रामधुनी नगरपालिका–३ का दिनेश खड्काको ११ वर्षीया छोरी सृजना खड्का र ७ वर्षीय छोरा अस्मिन खड्का बिहान भाडा माझ्ने क्रममा चिप्लिएर खोलामा खस्दा बगाएर बेपत्ता भएका थिए।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएका प्रहरी र स्थानीयवासी मिलेर खोजबिनका क्रममा साँझ ५ बजे बालिकाको शव फेला पारेको छ भने बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: २२ श्रावण २०७५ १६:१६ मंगलबार