समाज

नक्कली पेस्तोलसहित दुई जना पक्राउ

काठमाडाैं- महानगरीय प्रहरी परिसर काठमाडौँले लागुऔषध, नक्कली पेस्तोल र छुरीसहित दुई जनालाई पक्राउ गरेको छ। 

परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लागुऔषध, नक्कली पेस्तोल र धारिलो हतियार छुरीसहित भक्तपुरका राजकुमार केसी र अनिश थापामगरलाई आइतबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। 

प्रहरीले पक्राउ परेकासँग ३६ एम्पुल डाइजेल्याब, ३४ एम्पुल फेनार्गन, मेड इन यूएस लेखिएको नक्कली पेस्तोल एक थान र धारिलो हतियार छुरी एक थान नियन्त्रणमा लिएको छ। पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २२ श्रावण २०७५ १५:५३ मंगलबार

#अपराध #पेस्ताेल #पक्राउ