समाज

जीप कर्णालीमा खस्यो

टीकापुर – कैलालीको मोहन्याल गाउँपालिका–७ चिप्लेभिरमा आज बिहान जीप दुर्घटना भएको छ। चिसापानीबाट ३ किलाेमिटर पर चिप्लेभिरमा से १ ज ९२९ नम्बरको जीप कर्णाली नदीमा खसेको इलाका प्रहरी कार्यालय चिसापानीका इञ्चार्ज प्रहरी निरिक्षक दिपेन्द्र केसीले जानकारी दिए।

जीपका चालक देवीराज देवकोटा हाम फालेर जोगिएका छन्। प्रहरीका अनुसार जीपमा यात्रु नभएका कारण कुनै मानवीय क्षति भएको छैन। जीप सडकबाट करिव अढाई सय मिटर तल खसेको छ।

प्रकाशित: २२ श्रावण २०७५ ०४:५९ मंगलबार

#जीप #दुर्घटना