समाज

देशका केही भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्क रहन अग्रह गरेको छ। एक सूचना जारी गर्दै महाशाखाले आगामी तीन दिनसम्म देशभर बदली हुनसक्ने अनुमान गरेको छ।

महाशाखाले आज देशभर बदली भई हल्कादेखि मध्य वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ। रातिको समयमा मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै बुधबार र बिहीबार पनि देशका केही स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेकाले महाशाखाको अनुमान छ।

हाल देशका कुनै नदीमा पानीको बहाव सतर्कताको तहसम्म नपुगेको जनाउँदै महाशाखाले पानी पर्ने सम्भावना कायमै रहेकाले तटिय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित: २२ श्रावण २०७५ ०४:१९ मंगलबार

#मौसम #वर्षा