समाज

सौतेलो बाबुद्वारा छोरी बलात्कृत

सुर्खेत - पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका ५ हात्तीखालमा सौतेलो बाबुले छोरी बलात्कार गरेका छन्। ३० वर्षीय लोकेन्द्र दंगालले ११ वर्षीया छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ। इलfका प्रहरी कार्यालय छिन्चुका अनुसार शुक्रबार दिउँसो बाख्रा चराउन जंगल गएकी छोरीलाई बोलाएर घरमै उनले बलात्कार गरेका हुन्।

‘बालिकाकी आमा उपचारका लागि नेपालगञ्ज गएको मौका छोपेर बाख्रा चराउन जंगल गएकी छोरीलाई बोलाएर घरमा बलात्कार गरेको पाइयो’ प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले भने, ‘पीडकलाई पक्राउ गरेर आवश्यक कारवाही प्रक्रिया थालेका छौं।’

 

प्रकाशित: २१ श्रावण २०७५ १४:३४ सोमबार

सौतेलो बाबु छोरी बलात्कृत