समाज

ललितपुरमा गोदावरी खोलाले मान्छे सहित कार बगायो (फोटो/भिडियो)

ललितपुर – ललितपुरको महालक्ष्मी  नगरपालिका–८ लुभूमा गोदावरी खोलाले मान्छे सहित एक कार बगाएको छ। आज बिहान ५ बजेतिर बा १४ च ४७२९ नम्बरको कार नदी पार गर्ने क्रममा बगेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ। प्रत्यक्षदर्शी पूर्ण श्रेष्ठका अनुसार स्थानीयले कार  चालकको उद्दार गरेका छन्। कार चालक सुरक्षित रहेको ललितपुर प्रहरीले बताएको छ।

महानगरपालिकाले नयाँ पुल बनाउने भन्दै ह्यामपाइप राखेर आवागमनको व्यवस्था गरेकोमा नदी पार गर्ने क्रममा कार खोलाले बगाएको श्रेष्ठले बताए।

‘पुल बनाउने भन्दै नगरपालिकाले पुरानो पुल भत्काएको सात आठ महिना भइसक्यो’, श्रेष्ठले भने, ‘अझै पनि पुल बनेको छैन, स्थानीय जोखिम मोलेरै खोला वारपार गरिरहनु परेको छ।’ उनले जोखिम पूर्ण यात्रा गर्नु पर्दा ठूलो  दुर्घटनाको सम्भावना कायमै रहेको बताए।

प्रहरीले कार नदीबाट झिक्ने प्रयास भइहेको बताएको छ।

ललितपुरमा गोदावरी खोलाले मान्छे सहित कार बगायो फोटो/भिडियो