समाज

प्रधानसेनापति क्षत्री र इन्डो प्यासेफिक कमाण्डका फेन्टनबीच भेटवार्ता

काठमाडाैं - प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री र इन्डो प्यासेफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेन्ट जेनरल व्रायन फेन्टनबीच आइतवार भेटवार्ता भएको छ।

काठमाडौं स्थित जङ्गी अड्डामा भएको भेटवार्ताका क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएका नेपाली सेनाले जानकारी दिएको छ। भेटको दौरान फेन्टनले प्रधानसेनापति क्षत्रीलाइ युनाइटेड स्टेट्स आर्मड फोर्सका तर्फबाट ‘द लेजन अफ मेरिट’ (कमाण्डरको डिग्री) समेत प्रदान गरे। 

३ सदस्यीय भ्रमणदलका साथ दुई दिने भ्रमणको लागि फेन्टन आजै आइतवार ( आज) काठमाडौ आएका हुन ।

 

प्रकाशित: २० श्रावण २०७५ १२:३९ आइतबार

प्रधानसेनापति क्षत्री इन्डो प्यासेफिक कमाण्डका फेन्टनबीच भेटवार्ता